> समाज > परम्परागत संस्कृति जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी


परम्परागत संस्कृति जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी

प्युठान । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले परम्परागत एवं ऎतिहासिक संस्कृतीको जगेर्ना गर्न हामीले लगाउने यस्ता मेला महोत्सवले सकारात्मक भुमिका खेल्ने बताउनुभएको छ । फुलबारी द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिसीले परम्परागत संस्कृतिको जगेर्ना र प्रबर्द्धनको लागि सामाजिक सांस्कृतिक जागरण आवश्यक रहेको बताउनुभएको हो ।

 

पछिल्लो समय मासिदै गएका हाम्रा परम्परा स्थानीय कला संस्कृतिको बचाइ राख्न सबैको पहल आवश्यक रहेको भन्दै यो अभियानले सबैलाई उर्जा दिएको बताउनुभयो ।

 

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पौराणिक कला संस्कृतीले नै हामीलाई एकतामा बाधेकोले यस्ता कला संस्कृतिलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा वडामा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । झिमरुक-६, दहखोला बस्ने वर्ष ९८ का खुमान गिरी र सोही वडाको अर्गेलीकी १०१ वर्षीया पबित्रा देबी खत्री क्षेत्रीलाई दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गरिएको मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रममा कलाकारले छमछमी नचाए

जिल्लाको झिमरुक गाउँपालिका-६ चिसावाङ्गमा दशैको द्वादशीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्युठानी दर्शनलाई छमछमी नचाएका छन् ।

 

 

फुलबारी द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङले आयोजना गरेको स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई नचाएका हुन । ‘स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ ‘ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

 

४ वर्ष विविध कारणले रोकिएको मेलालाई यस वर्षबाट निरन्तरता दिने आर्थिक समितीका संयोजक हरिहर पोख्रेलले जानकारी दिनुभयो । अर्को वर्ष झन व्यापक बनाउने योजना रहेको पोख्रेलले बताउनुभयो ।

 

कार्यक्रममा संगीतकार लोक तथा दोहोरी गायक ऋषि खड्का, गायक मोहन नेपाली, मोडल निरु मगर, हास्यकलाकार मेरि बास्सैका लेखान्त भुसाल(घिरौले), नायक तथा मोडल बिजय केसी, प्युठान आइडल बिजेता तथा डान्सर बिरा मगर, लोक तथा दोहोरि गायिका जमुना पुन मगर, कोरियोग्राफर लिलाधर भट्टराई ( लिगेस ) लगाएत स्थानीय नेवार समुदायको संस्कृति झल्कने सामुहिक नृत्य र दर्जन भन्दा बढि स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार बोम बहादुर परियारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *