सुरेशकुमार पाण्डे
ले आर्काको खुट्टा तान्नाले बिग्य्रो देश,
आफुलाई मात्रै अब्बल ठान्नाले बिग्य्रो देश ।
लोभ लालच सबैमा छ छैनन चोखा कोई,
कु सँस्कार पढेर बढि जान्नाले बिग्य्रो देश ।
जनतानि दोशिछन थोरै धेरै नढाटि भन्दा,
सरकारमा उस्तै उस्तै छान्नाले बिग्य्रो देश ।
राम्रो न राम्रो न छुट्टाई क्षाणिक सुख रोजे,
नेताकै चुपचाप आदेश मान्नाले बिग्य्रो देश ।
देशद्रोही भ्रष्टरीलाई अनमुक्ति मिल्छ यँहा,
सदैभरी निर्दोशलाई नै बान्नाले बिग्य्रो देश ।
बिडम्बना भनौ यो देशको अनुहार यस्तैछ,
धर्म को नाउमा झँटारा हान्नाले बिग्य्रो देश ।
