> समाज > चट्याङले रोल्पामा दुई जनाको मृत्यु


चट्याङले रोल्पामा दुई जनाको मृत्यु

राजेश समर्पण नेपाली
रोल्पा, २५ वैशाख

चट्याङ लागेर रोल्पामा बिहीबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुन रहेका छन् ।

बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाकारी दिनुभयो ।

चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए । पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभएको छ । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ । चट्याले एउटा बाख्रा पाठा समेत मरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!