प्यूठान, ४ बैशाख ।
जिल्लामा हालसम्म कोरोना परीक्षण गरिएका व्यक्तिको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तह अन्र्तगत क्वारेन्टाइनमा बसेका व्यक्तिको ¥यापिड डाईनोष्टिक टेष्ट(आरडीटी) मार्फत गरिएको कोरोना संक्रमणको परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।
हालसम्म ६३ जना व्यक्तिको परीक्षण गरिएकोमा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । विहीबार माण्डवी गाउँपालिका अन्र्तगत क्वारेन्टाइनमा बसेका तीन जना व्यक्तिको आरडिटी परीक्षण गरिएको थियो । तीनै जनाको रिर्पोट नेगेटिभ आएको सुवेदीले जानकारी दिनुभयो ।
यसअघि स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकामा क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी परीक्षण गरिएको थियो । क्वारेन्टाइनमा बसेका व्यक्ति परिक्षण पश्चात घर फर्केका छन् । तर अझै केही समय सम्म सबै सचेत र संयमित हुन जरुरी रहेको सुवेदीको भनाई छ ।
