> Uncategorized > स्वास्थ्य कार्यालय प्यूठान प्रदेशकै उत्कृष्ट


स्वास्थ्य कार्यालय प्यूठान प्रदेशकै उत्कृष्ट

प्यूठान, २६ कात्तिक । आ.व. २०७६/७७ को स्वास्थ्य तर्फबाट वार्षिक प्रगति समिक्षामा स्वास्थ्य कार्यालय प्यूठान उत्कृष्ठ भएको छ । लुम्बिनी प्रदेश अन्तरगतका स्वास्थ्य कार्यालयहरु मध्य उत्कृष्ट सुचाङ्क प्राप्त गरी कार्यालय उत्कृष्ठ भएको हो ।

स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा सार्वजनिक गरिएको सुचकांङमा प्यूठान पहिलो नम्वरमा परेको हो । पहिलो नम्वरमा पर्न सफल प्यूठानलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको छ । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुबेदीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रण तथा विभिन्न पक्षमा गरिएको कार्यका आधारमा मुल्याङ्कन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । नेपालको संविधानले अनुवन्धन गरेको स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ उहाँले भन्नुभयो, “प्रदेशसँगको सहकार्यमा जिल्लामा स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गरिनेछ ।”
त्यस्तै दोस्रो नम्वरमा गुल्मी, तेश्रोमा रुपन्देही र चौथौ स्थानमा नवलपरासी रहेको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरी, समाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शकर चौधरी, १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *