प्यूठान, २२ कात्तिक । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३६ प्यूठानको नयाँ नेतृत्व चयन भएको छ ।
समुहको १८ औं वार्षिक साधारण सभा तथा परिषद बैठकले कल्पना खड्काको संयोजकत्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
समुहको सह संयोजक रञ्जना श्रेष्ठ, सचिव सुजल श्रेष्ठ, सह सचिव छमा श्रेष्ठ, कोषाध्यक्ष राधिका खड्का र सदस्यमा गोपालविक्रम शाह, शिवराज श्रेष्ठ, सृजना सेन, लक्ष्मण श्रेष्ठ, राधिका केसी र शान्ता विक चयन हुनुभएको छ ।
प्यूठान उद्योग वाणिज्य संघका भएको कार्यक्रममा प्रमुख अतिथी एम्नेष्टी इन्टरनेशन नेपालका केन्द्रीय उपाध्यक्ष पार्वता आचार्यले एम्नेष्टीको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।
साथै नयाँ कार्यसमितिलाई उपाध्यक्ष आचार्य, निर्वतमान संयोजक झवेन्द्र शर्माले शुभकामना दिँदै संस्थालाई क्रियाशिल र सृजनशिल गतिविधि गर्न सुझाव दिनुभएको छ ।
