प्यूठान । जिल्लाको ग्रामीण, आर्थिक र पर्यटन बिकासको सम्भावना बारे अध्ययन गरि प्रकाशन गरिएको पुस्तक `श्रष्टाको आँखामा प्यूठान´ बिमोचन गरिएको छ ।
बाग्दुलामा आयोजित एक कार्यक्रमका बीच पुस्तक बिमोचन गरिएको हो । बिज्ञहरुले अध्ययन गरि लेख रचना तयार गरेर पुस्तक प्रकाशन गरिएको छ । तत्कालिन जिल्ला बिकास समितिले जिल्लाको पर्यटन विकास गुरुयोजना तयार गरेको र यस पुस्तकले जिल्लाको भाषा, कला सस्कृती, पर्यटन विकासमा टेवा पुग्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
जिल्लाको पर्यटन विकासका लागि गुरुयोजनाहरु तयार भएपनि त्यस अनुरुपको योजना कार्यान्वयनमा आउन नसकेको जिल्ला विकास समितिका पुर्व सभापति बोमबहादुर खत्रीले बताउनुभयो । स्वर्गद्वारीलाई केन्द्रमा राखेर यहाँको पर्यटन विकास गर्न सकेमा स्थानीयको आयाअर्जनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
ओखरकोट पर्यटन एवं ग्रामीण विकास समितिका अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला बिकास समितिका पुर्व सभापति बोमबहादुर खत्रीको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम गरिएको हो ।
समितिका कोषाध्यक्ष पबित्रा जिसीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राष्ट्रिय जनमोर्चाका जिल्ला इन्चार्ज सुरेश थापा, नेकपा मसालका जिल्ला प्रवक्ता राम बहादुर केसी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन समितिका सचिव टिकाबहादुर जिसीले गर्नुभएको थियो ।





