प्यूठान, ७ कात्तिक । पुराना लोकगायक मधुराप्रसाद श्रेष्ठको विहीबार निधन भएको छ ।
घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा ७५ वर्षको उमेरमा ह्ृदयघातबाट उहाँको निधन भएको पारिवारीक स्रोतले जनाएको छ
श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गर्नुभएको थियो । २००२ सालमा प्यूठानको सदरमुकाम खलंगामा जन्मिुनभएका श्रेष्ठ पछिल्लो समय दाङमा बस्दै आउनुभएको थियो । श्रेष्ठको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
श्रेष्ठको निधनले दुःखित तुल्याएको नेवा देय् दवु जिल्ला समन्वय समिती तथा नेवा खल खलंगा प्यूठानका अध्यक्ष बसन्तलाल शाक्यले बताउनुभयो ।
