प्यूठान । विद्यालय स्वास्थ्य तथा पाेषण कार्यक्रम विषयक अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न भएकाे छ । प्युठान नगरपालिकाकाे आयाेजना तथन सुआहारा,मल्लरानी ग्रामीण बिकास सराेकार केन्द्रकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर जिसीकाे आतिथ्यतामा संचालन भयकाे कार्यक्रममा सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पाेषण अधिकृत सन्ताेष महर्जन र प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गाेविन्दराज घिमिरेले सहजिकरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा विद्यालय स्वास्थ्य तथा पाेषण संग सम्वन्धित बिषयबस्तु,किशाेरिहरुका लागि आईरन चक्कि बितरण तथा अभिलेखिकरण र प्रतिवेदनका विषयमा छलफल गरिएकाे थियाे ।
पालिका स्तरमा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा बिद्यालयका स्वास्थ्य तथा पाेषण सम्वद्ध व्यक्ति तथा प्रतिनिधि शिक्षककाे सहभागितामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत जिसि तथा शिक्षा शाखा अधिकृत बासुदेव पण्डितले स्वास्थ्य संस्था र बिद्यालयले समन्वयबाट स्वास्थ्य तथा पाेषण संग सम्वन्धित कार्यक्रम प्रभावकारी हुने बताउनु भए काे थियाे ।