> राष्ट्रिय > नौवहिनी गाउँपालिकामा कार्यरत ४ जना प्रहरीलाई कोरोना संक्रमण


नौवहिनी गाउँपालिकामा कार्यरत ४ जना प्रहरीलाई कोरोना संक्रमण

महेश थापा
प्यूठान, ९ भाद्र । प्यूठानको नौवहिनी गाउँपालिकामा कार्यरत ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अग्रपङती खटिएका ५ जना प्रहरीको स्वाव संकलन गरि पठाइएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको र १ जनाको रिपोर्ट आउन बाकी रहेको नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । यस्तै मंगलवार नै गाउँपालिकाका होमक्वारेन्टाइनमा रहेका थप २ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।

हालसम्म नौवहिनी गाउँपालिकामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन् भने १८ जनाको पिसिआर रिपोर्ट आउन वाकी रहेको स्वास्थ्य शाखा प्रमुख शर्माले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *