> समाज > कार्यपालिका सदस्य जेल चलान


कार्यपालिका सदस्य जेल चलान

प्यूठान, २७ असोज । मुद्धा फैसला भई फरार रहेका एक व्यक्ति दश बर्षपछि पक्राउ परेसंगै जेल चलान भएका छन् ।

सरुमारानी गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाई (हलिम मिया) ले बहुबिबाह गरेका थिए । जिल्ला अदालत कपिलवस्तुले २०६७ जेठ ३० हलुवाईलाई एक बर्ष कैद र रु ५ हजार जरिवानाका फैसला सुनाएको थियो ।

कानुनी रुपमा फरार मानिएका अभियुक्त हलुवाईलाई आइतबार जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरी जेल चलानका लागि कपिलबस्तु बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषणराज ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *