> समाज > ट्याक्टर दुर्घटनाको घटनामा मन्त्री पुनद्धारा दुःख व्यक्त


ट्याक्टर दुर्घटनाको घटनामा मन्त्री पुनद्धारा दुःख व्यक्त

प्यूठान, ४ साउन । प्यूठानको भिंगृ स्वर्गद्वारी सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने मजदुर र उनका परिवारलाई नेतादेखि मन्त्रीसम्मले समवेदना र श्रदाञ्जली दिएका छन् ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ३ स्थित रुमालेमा गएराती भएको ट्याक्टर दुर्घटनामा रोल्पामा ७ जना मजदुरको ज्यान गएको घटनाप्रति ऊर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

त्यसैगरि प्यूठानबाट प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले उक्त घटनाले दुःखी तुल्याएको भन्दै समवेदना प्रकट गर्नुभएको छ । भिंगृ स्वर्गद्धारी सडक स्तरोन्नतीको काममा संलग्न मजदुर घरबाट ट्याक्टरमा आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *