> समाज > दलित पत्रकार संघ प्यूठानको अध्यक्षमा कमल


दलित पत्रकार संघ प्यूठानको अध्यक्षमा कमल

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्युठानको दोश्रो अधिबेशनबाट प्यूठान समाचारकर्मी कमल बि.क. अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार अबेर सम्पन्न निर्वाचनबाट सर्बसम्मत नया समिती निर्वाचित भएको हो ।

 

समितीको उपाध्यक्षमा बोम बहादुर परियार, सचिव रबिन बिश्वकर्मा, सहसचिब सन्तोष सुनार, कोषाध्यक्ष केसर सुनार र सदस्यहरुमा सीता बि.क., गनबहादुर पेस्तोल, कुलचन्द्र बि.क., तेजेन्द्र परियार रहनुभएको छ ।
अधिबेशनले राम बहादुर बिश्वकर्मा र बिन्दु परियारलाई सल्लाहकारमा चयन गरेको छ ।

 

अधिबेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य सुर्य थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *