> समाज > प्यूठान नगरपालिका भित्रको बाटो मर्मतको काम शुरुः स्थानीय पाए रोजगारी


प्यूठान नगरपालिका भित्रको बाटो मर्मतको काम शुरुः स्थानीय पाए रोजगारी

प्यूठान, २३ असोज । प्यूठान नगरपालिका भित्र वर्षात्मा बिग्रिएका बाटो मर्मतको काम शुरु भएको छ ।

यस पटक नगरपालिकाले बाटो मर्मतका लागि स्थानीयलाई श्रममा लगाएर रोजगारी समेत दिन थालेको छ । यसअघि बाटो निर्माण तथा मर्मतमा मेसिन औजारको प्रयोग गरिएकोमा अहिले स्थानीयलाई रोजगारी दिने उदेश्यले स्थानीयलाई श्रममा लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो ।

‘बाटो मर्मतको कार्यक्रम अन्र्तगत स्थानीयलाई श्रमसँगै रोजगारीमा जोड्न खोजिएको हो,’ उहाँले भन्नुभयो, ‘सवै वडामा बाटो मर्मतका लागि बजेट समेत पठाइसकेको छ ।’ प्यूठान नगरपालिका वडा नं.१० ले मर्मतको काम शुरु गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

ठूलो पहिरो र चट्टान भएको ठाउँमा मेसिनको प्रयोग गरिने र बाँकी क्षेत्रमा मानिसबाट काम भएको छ । प्यूठान नगरपालिका १० नम्वर वडामा १० वटा समुहमा आवद्ध भएर ३०२ जना मानिसले सडक मर्मतको काम थालेको वडा अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो ।

विहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने गरि समय तय गरिएको छ । प्रति घनमिटर ५३१ रुपियाँ उपलब्ध गराइएने वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो । वडामा सडक मर्मतका लागि ८ लाख ७६ हजार विनियोजन भएको र एक साताभित्र सडक सफा हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *