> राष्ट्रिय > सेवाप्रवाहबारे नागरिकलाई थाहादिनुपर्छ :महान्यायधिवक्ता


सेवाप्रवाहबारे नागरिकलाई थाहादिनुपर्छ :महान्यायधिवक्ता

प्यूठान, २१ फागुन ।
महान्यायधिवक्ता अग्नी प्रसाद खरेलले सरकारी वकिल कार्यालयबाट प्रवाह हुने सेवा सुविधाबारे नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालयले के कसरी कामगर्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने उहाँको भनाई छ ।
बुधबार सरकारी वकील कार्यालय प्यूठानको नयाँ भवन उद्घाटन कार्यक्रममा महान्यायधिवक्ता खरेलले पीडीतलाई न्यायदिने कार्यालय भएकाले पीडीत मैत्रीकार्य सम्पादनगर्नुपर्नेमाजोड दिनुभयो ।पाँचनम्बर प्रदेशका १२ वटाजिल्लामध्ये आफु मातहतका १५ वटाकार्यालय रहेको उहाँले बताउनुभयो । त्यसमध्ये ६ वटा नयाँ कार्यालयको उद्घाटन र २ वटा कार्यालयको शिलन्यास गरेको समेत जानकारी दिनुभयो ।


उहाँले संविधान निमार्णपछि देशको चित्र बदलिएको बताउँदै संविधान बदलिएको, कानुन बदलिएको, काम कारबाही बदलिएको उल्लेख गर्नुभयो । नयाँ संरचना अनुसार आफूहरुको कार्यसम्पादन अगाडी बढाएको उहाँले भनाई छ । प्रदेश सरकारले पाँचवर्ष संविधान रकानुन फेरिएकाले सिकाईमै जाने उहाँले बताउनुभयो । संविधान फेरीएकाले सोचेजतिचाहेको कामगर्न नसकेको उहाँको भनाई थियो । खरेलले स्थानीय तहलाई बलियो बनाएको र विभिन्न अधिकार समेत दिएको उल्लेख गर्नुभयो ।
भ्याट बाहेक दुई करोड ६८ लाख ४४ हजार ८४६ रुपियाँको लागतमा १५ कोठाको भवन निमार्ण भएका सरकारी वकिल कार्यालय प्यूठानका जिल्ला न्याधिवक्ता शिवप्रसाद आचार्यले बताउनुभयो ।आँशु/ईसान जेभी निर्माण कम्पनीले भवन निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!