समाजराष्ट्रिय

प्यूठानमा रंगरंगका कम्युनिष्टहरुले विकास पछाडी पारे : कांग्रेस नेता रिजाल

प्यूठान, ३ फाल्गुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले प्यूठानमा रंगरंगका कम्युनिष्ट भएका कारण विकास हुन नसकेको बताउनु भएको छ ।

सोमवार नेपाली कांग्रेस प्युठानले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै डा. रिजालले प्यूठानी जनताले कम्युनिष्टलाई जिताउदा जिल्ला विकासमा पछि परेको उहाँको भनाई थियो ।

 

२०४६ सालमा कम्युनिष्ट मिलेर गिरिजा प्रसाद कोइरालालाई प्यूठानमा आक्रमण गरेको स्मरण गर्दै पुुर्व मन्त्री समेत रहनुभएका रिजालले भन्नुभयो, “प्यूठानमा कांग्रेसलाई जनताको पक्षमा उभिदा कम्युनिष्ट मिलेर आक्रमण गर्छन् ।”

 

प्रधानमन्त्री केपि शर्मा ओली हिटलरको बाटो हिडेको उहाँले बताउनुभयो । हिटलरले संसदको अधिकार लियो, राष्टपतिको अधिकार लियो, उहाँले भन्नुभयो, “हिटलरले जस्तै अहिले नेपालमा केपि ओलीले पनि संसद लिन खोजे ।”

 

ओलीले सत्ता आफ्नो बनाइ राख्न मात्र काम गरेको उहाँको आरोप थियो । ओलीले आफुलाई लोकतन्त्र र संविधानको आमा मान्न लागे, संविधान मान्न छोडे । उहाँले भन्नुभयो, “अब ओलीको अधिनायकबादी सत्ताको अन्त्य हुन्छ ।” यस्ता पात्र र प्रवृतिलाई अन्त्य गरेनौँ भने हामीले दुःख पाउने भएकाले यसको अन्त्यमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

Related Articles

Back to top button