प्युठान । मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको अध्यक्षमा बसन्तलाल शाक्य निर्बिरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रको ४० औं बार्षिक साधारण सभा तथा १८ औं अधिवेशनबाट शाक्य अध्यक्ष बन्नुभएको हो । शाक्य यश अघिका अध्यक्ष निर्मल प्रसाद श्रेष्ठको कार्यकाल अघि अध्यक्ष बन्नुभएको थियो ।
समितिको सदस्य निर्जला कर्माचार्य, पुनम श्रेष्ठ, पुनम केसि, टेकमाला गिरी, गोपाल प्रसाद नकर्मी, डोर प्रसाद पोख्रेल, पशुपति श्रेष्ठ चयन हुनुभएको छ ।
संस्थाकाे बिधान अनुसार ११ जना कार्य समिति अन्तरगत ८ जना निर्वाचित र निवर्तमान अध्यक्ष पदेन सदस्य , २ जनासदस्य मनाेनित गर्ने प्रवधान रहेकाे छ ।
कोरोनाका कारण संस्थाले औपचारिक कार्यक्रम नगरेको जनाएको छ । प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन रेडियोबाट प्रसारण गरिएको थियो ।
निर्वाचित कार्य समितिको घोषणा कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष निर्मल प्रसाद श्रेष्ठले संस्थागत विकासका लागि सवै पक्षसंग सहकार्य गर्दै अगाडि बढ्न निर्वाचित कार्य समितिलाई सुझाव दिनुभयो ।
यस्तै संस्थाका पुर्व सल्लाहाकार दामोदर शर्माले नमुना संस्थाको रुपमा स्थापित गर्नका लागि सामाजिक उत्रदायित्वलाई मुख्य बिन्दुमा राखेर कार्य प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
नव निर्वाचित अध्यक्ष शाक्यले संस्थाको लक्ष्य र निर्देशित ऐन नियम अनुसार कार्य समिति संग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ । निर्वाचन समितिका संयोजक नारायण प्रसाद नकर्मीको अध्यक्षतामा सम्पन्न घोषणा सभाको संचालन संस्थाका कार्यकारी प्रमुख बिजयकुमार श्रेष्ठले गर्नुभएको थियो ।
