> Banner > सदस्यता वितरण तथा चाडपर्वको शुभकामना आदानप्रदान


सदस्यता वितरण तथा चाडपर्वको शुभकामना आदानप्रदान

प्यूठान, ५ कार्तिक । योगदान राष्ट्रका लागि फाउण्डेसन जिल्ला समिति प्यूठानको आयोजनामा संस्थामा आवद्ध सदस्यहरुलाई सदस्यता वितरण तथा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं ४ जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो । गत असोज १७ गते जिल्लामा यो फाउण्डेसनको बिस्तार गरिएको थियो ।

संस्थामा आवद्ध रहेका व्यक्तिहरुलाई स्वयंम आफु (सदस्य) पनि एक सामाजिक अभियान्ता हुँ भन्ने उत्प्रेरणा जगाउनका लागि सदस्यता वितरण गरिएको फाउण्डेसनका जिल्ला संयोजक सुनिता केसीले बताउनुभयो । त्यस्तै नेपालीहरुको महानपर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ । कोरोना संक्रमणको यो अवस्थामा सामाजिक दुरी कायम गरेर, स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन समेत संयोजक केसीले आग्रह गर्नुभएको छ ।

फाउण्डेसनले आगामी दिनहरुमा पनि जिल्लाका नौ वटै स्थानीय तहमा भैपरी पर्ने समस्याहरुलाई समाधानका लागि समाज सेवाका कार्यहरु गर्दै जाने अध्यक्ष केसीले बताउनुभयो । केन्द्रिय स्तरमा ०७७ असोज ५ गते फाउण्डेसनको दर्ता भएको थियो । यसको सस्थापक अध्यक्ष ॐ उप्रेती हुनुहुन्छ । उप्रतीले बिगत केही वर्ष पहिले देखी नेपालका पश्चिमी जिल्लाहरुमा सामाजिक कार्य गर्दै आउनुभएको थियो । पछी पश्चिमी क्षेत्रसंगै नेपालका सबै जिल्लामा यो संस्थालाई बिस्तार गर्दै आउनुभएको छ ।

संस्थाले स्वास्थ्य क्षेत्र अन्र्तगत प्राथमिक उपचार, सरसफाई, जनचेतना, दैविक प्रकोपमा योगदान गर्ने, स्वयंमसेवकको भूमिका निर्वाह गर्ने, आगोलागी, बाढीपहिरोबाट बच्ने उपायहरुका बारेमा तालिम सञ्चालन गर्ने लगाएतका कार्यहरु गर्ने जिल्ला संयोजक केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *