> समाज > ३ वर्षीय बालकको ब्रेन ट्युमरको उपचारका लागि आर्थिक अभावः अस्पतालबाट फर्केर घरमा बस्दै


३ वर्षीय बालकको ब्रेन ट्युमरको उपचारका लागि आर्थिक अभावः अस्पतालबाट फर्केर घरमा बस्दै

प्यूठान, ८ असोज । आर्थिक समस्याले गर्दा ३ वर्षीय बालकको उपचार हुन सकेको छैन । माण्डवी गाउँपालिका वडा नं.३ नयागाउँका तीन वर्षीय कविर नेपालीको आर्थिक अभावमा ब्रेन ट्युमरको उपचार हुन नसकेको हो ।

लामो समयदेखि बालकमा उक्त समस्या देखिएपनि उपचारका लागि आर्थिक अभाव भएको बुवा बोम बहादुर नेपालीले बताउनुभएको छ । उपचार अभावमा अहिले बालकलाई घरमै राखिएको उहाँले बताउनुभयो । आर्थिक समस्याले गर्दा अस्पतालबाट छोरालाई घरमा ल्याएर राखेको बुवा बोम बहादुरले बताउनुभयो ।

सुरुमा बच्चालाई समस्या देखिपछी जिल्ला अस्पताल हुँदै बुटवलको आम्दा हस्पिटल, काठमाडौंको टिचिङ हस्पिटल, लखनउको विभिन्न हस्पिटल सम्म पुराईएपछि रोगको पहिचान भएको थियो । रोगको पहिचान भएपनि परिवारमा उपचार गर्ने रकम नहुँदा बालकको उपचार हुन सकेको छैन ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको उपचार रोकिएको स्थानीय धनेन्द्र कार्कीले बताउनुभयो । बोम बहादुरको परिवार खेतीपाती र मजदुरी गरेर गुजारा गर्ने भएकाले उपचारका लागि रकमको समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

बोमबहादुरले छोराको उपचारका लागि सहयोग जुटेमा उपचार गर्न लैजाने बताउनुहुन्छ । उहाँले सहयोगका लागि सहयोगी मनहरुलाई आग्रह समेत गर्नुभएको छ । सहयोग गर्न चाहनेले बोम बहादुरलाई ९८४९०१८६२० मा सम्पर्क गर्न परिवारको आग्रह छ । सहयोगका लागि सिभिल बैंक माण्डवी शाखामा बोम बहादुर नेपालीको नाममा ०६७१०३९५२८६०२० खाता नम्वर रहेको बालकका बुवा बोमबहादुरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *