> समाज > स्थापना दिवसमा वृक्षारोपण


स्थापना दिवसमा वृक्षारोपण

प्यूठान । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला महासंघ प्यूठानले वृक्षारोपण कार्यक्रम गरेको छ ।

महासंघ प्यूठानले जिल्ला महासंघ र पत्रकार महासंघ प्यूठानको कार्यालय वरिपरि दाल्चिनी र टिमुरका एक सय विरुवा वृक्षारोपण गरि २५ औँ स्थापना दिवस मनाएको हो । वृक्षारोपण गर्दै महासंघ प्यूठानका अध्यक्ष दामोदर शर्माले सधैको वर्ष जस्तै गरिने वृक्षरोपण कार्यक्रमलाइ यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।

यस्तै वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापाले वातावरणीय स्वच्छताका लागि वृक्षरोपण आवश्यक रहेको बताउनुभयो । उहाँले अन्य संघसंख्यालाइ पनि यस्तो किसिमको वृक्षरोपण कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।

वृक्षरोपण कार्यक्रममा जिल्लाका विभिन्न संस्थाको प्रमुख, प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *