प्यूठान, ४ असोज । गौमुखी गाउँपालिका २ अर्खामा गत असोज २ गते राती परेको अबिरल बर्षासँगै आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।
बाढिले अर्खाको सवरा र बेसिबन गाउँ जोड्ने घट्टेखोलामा रहेका पुल बगाएको वडा अध्यक्ष डोरबहादुर रानाले जानकारी दिनुभयो । बाढिले पुलसँगै ४३ घरपरिवारले खादै आएका दुई ओटा पानीको मुहान समेत बगाएको उहाँले उहाँको भनाई छ ।
यस्तै वाढिबाट दुई घरपरिवार बिस्थापित भएका छन् । उक्त परिवारलाई व्यबस्थापन नहुदा सम्म छिमेकीको घरमा बस्न आग्रह गरिएको अध्यक्ष रानाले बताउनुभयो ।