> आर्थिक/बिकास > ५० प्रतिशत छुटमा आलुको वीऊ वितरण


५० प्रतिशत छुटमा आलुको वीऊ वितरण

प्यूठान, ४ असोज । प्यूठान नगरपालिका वडा नं. २ ले कृषकलाई ५० प्रतिशत छुटमा आलुको वीऊ वितरण गरेको छ ।

आइतबार वडा मार्फत २ नं. वडाका ३८७ कृषकलाई ५० प्रतिशत छुटमा स्रोत सहितको कार्डिनल जातकोे आलुको वीऊ वितरण गरिएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

एक कृषकलाइ आवश्यकता अनुसार वढिमा ५० के.जी. र घटिमा ५ के.जी. वीउ दिइएको छ । वीऊ खरिद गरेका कृषकको आलुमा रोगबाट वचाउन वडाबाटै औषधी उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।

वडाबाट वितरण गरिएको आलुको वीऊ कृषकले लगाएको नलगाएको समेत अनुगमन गर्ने प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेको उब्जनीलाइ नगरपालिकाले खरिद गरि कृषकलाई उचित मुल्य दिने समेत कक्षपतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *