प्यूठान, ११ भाद्र । युवा हित मञ्च प्यूठान र मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा प्यूठान नगरपालिका-८ का विभिन्न स्थानमा माक्स वितरण तथा कोरोना विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरको छ ।
प्यूठान नगरपालिका-८ र इलाका प्रहरी कार्यालय बाग्दुलासङगको समन्वयनमा प्यूठान नगरपालिका-८ का दम्ती, कोलकटा, बस्ति र कुमाल बस्तीमा जनचेतनामुलक अभियान र माक्स वितरण गरेको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । मञ्चले विभिन्न संस्थाको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको र अन्य स्थानमा पनि क्रमश कार्यक्रम गरिदै जाने पोख्रेलले प्यूठान समाचारलाई वताउनुभयो ।
प्रहरी तथा विभिन्न संस्थाको साझेदारीमा कोरोनावाट वच्न र वचाउनका लागि गाँउगाँउमा गएर सचेतना मुलक अभियान सञ्चालन गरिरहेको मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानले जनाएको छ ।
निषेधाज्ञाको समयमा डिसिसिएमसिले दिएको निर्देशन पालना गर्न अनुरोध गर्न आग्रहसमेत गरिएको हित मञ्चका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
