> समाज > प्यूठानमा दैनिक उकालो लाग्दै कोरोनाको ग्राफ


प्यूठानमा दैनिक उकालो लाग्दै कोरोनाको ग्राफ

प्यूठान । पछिल्लो समय कोरोना संक्रमणको दर जिल्लामा बढ्दै गएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय प्यूठानले अद्यावधिक गरेको विवरणले देखाउँछ ।

 

पछिल्लो एक सातामा कोरोनाको ग्राफ उकालो लागेको छ । विहीबारको तथ्यांक अनुसार संक्रिय संक्रमित १६१ जना पुगेका छन् ।

बुस्टर डोज शुरु
जिल्लामा विहीबारदेखि कोरोनाको दुई मात्रा पुरा लगाएका व्यक्तिलाई थप डोज दिन थालिएको छ । कोभिडशिल्ड र भेरोसेलको दुई मात्रा खोप लगाएका अग्रपंक्तिमा खटिने र सार्वजनिक सेवामा काम गर्ने व्यक्तिलाई खोप दिन शुरु गरिएको हो ।

 

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काका अनुसार करीव ९ हजार व्यक्तिलाई बुस्टर खोप दिन थालिएको हो । जिल्लाका नौ वटै स्थानीय तहको तोकिएको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *