प्यूठान, १९ बैशाख । प्यूठानमा दैनिक कोरोना संक्रमित थपिदै गएका छन् ।
आईतबार जिल्लाका विभिन्न ठाउँमा गरिएको परिक्षणमा थप २८ जनामा संक्रमण देखिएको छ ।
एन्टिजेन परिक्षणबाट २६ जना र पिसीआर परिक्षणबाट २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ८३ पुगेको छ । जिल्लामा कोरोना संक्रमण बढेसँगै शनिबारदेखि एक साताका लागि लकडाउन गरिएको छ ।
