> सम-सामायिक > नेपाली कांग्रेस ऐरावतीले दियो निःशुल्क माक्स


नेपाली कांग्रेस ऐरावतीले दियो निःशुल्क माक्स

बरौला, ९ चैत्र ।
नेपाली कांग्रेस ऐरावती प्यूठानले आज कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखालाई एक हजार मास्क हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेस ऐरावती गाउँपालिकाका सभापती नारायण ज्ञवालीले बजारमा माक्सको कालोबजारी भईरहेको भन्दै आफुहरुले निशुल्क माक्स वितरणको कार्य शुरु गरेको बताउनु भयो । ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत सचेत रहन आग्रह गर्दै माक्स वितरण गरीएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस ऐरावती गाउँपालिकाका सभापती नारायण ज्ञवाली माक्स हस्तान्तरण गर्दै तस्विर ः श्रीधर भट्टराई

चुनाबका बेला निशुल्क टिर्सट बाँड्ने गरेको स्मरण गर्दे सभापती ज्ञवालीले भन्नुभयो विपतका बेलामा हामीले माक्स बाँडेका हौँ  ।
कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले पहिला स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारीहरुलाई सचेत र तयारी रहन आग्रह गर्दै सबै बस्तिहरुमा कोरोना भाइरसको प्रकोप सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो । अध्यक्ष शाहले गन्र्धवहरु परिचालन गरेर कोरोना भाइरस सम्बन्धि गीत र सारङ्गि मार्फत सन्देश मुलक जानकारी गराएको बताउनुभयो ।
अध्यक्ष शाहले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभुति गराउन सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!