काठमाण्डौ, १३ साउन । केहि दिन कम हुँदै गएको कोरोना भाइरस संक्रमणको दर पुनः बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ३११ जना नयाँ सङ्क्रमित भेटिएका छन ।
हाल नेपालमा कोभिड–१९ का कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा करिब ५ हजार २ सय जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केको जानकारी दिनुभयो ।
