> राष्ट्रिय > दुर्घटनामा घाइते भएका अर्घाखाँचीका एक कोरोना संक्रमितको ज्यान गयो


दुर्घटनामा घाइते भएका अर्घाखाँचीका एक कोरोना संक्रमितको ज्यान गयो

प्यूठान, २३ भाद्र । दुर्घटनामा गम्भिर घाइते भई उपचाररत अर्घाखाँचीका एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

उपचारको क्रममा कोरोना पुष्टि भएकाअर्घाखाँची शितगङ्गा नगरपालिका वडा नम्वर १२ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।

मंगलबार शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा ज्यान गएको हो । उनी साउन २७ गते दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । भदौ ११ गते उपचारका लागि अस्पतालमा आउनुभएको अस्पतालले जनाएको छ।

उनको दायाँ करङ्ग भाँच्चिएको, फोक्सोमा पानी र रगत जमेको र नाडीको हड्डी पनि भाँच्चिएको थियो । उपचारकोक्रममा छाँतीमा पाईप हालेर श्वासप्रश्वासमा सहज भएपछि हातको शल्यक्रियाको तयारी गरिएको थियो ।

सोक्रममा पिसिआर जाँच गरिदा कोरोना पुष्टि भएपछि भैरहवा मेडिकल कलेजबाट भिम अस्पतालमा रिफर गरि उपचार थालिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *