> राष्ट्रिय > प्यूठानका एक व्यक्तिको कोरोनाको ल्याव रिर्पोट


प्यूठानका एक व्यक्तिको कोरोनाको ल्याव रिर्पोट

सृजना सेन
प्यूठान, ६ चैत्र
कोरोना संक्रमणको शंकामा लुम्वीनी प्रादेशिक अस्पतालमा रहेका प्यूठानका एक व्यक्तिको रिर्पोट आएको छ । ऐरावती गाउँपालिका २ निवासी उक्त व्यक्तिमा कोरोनाको संक्रमण नभएको रिर्पोट आएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
काठमाण्डौमा परीक्षण गरिएको रिर्पोटको नतिजा आएको छ, उहाँले भन्नुभयो, त्यसमा संक्रमण नभएको पुष्टी भएको छ । उक्त व्यक्तिलाई भएको विरामीको लक्षणका आधारमा अस्पतालले थप उपचार गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
भारतमा रोजगारीका लागि गएका उनी घर आउँदा विरामी भएपछि जाँचका लागि बुटवल लगिएको थियो । बुधबार राती देखि गरिएको जाँचको रिर्पोट विहीबार साँझ आएको हो । १८ जनाको ल्याव परिक्षण गरिएकोमा कसैको पनि पोजेटिभ देखिएको छैन । अहिलेसम्म ५४७ जनाको कोरोना संक्रणको परिक्षण गरिएकोमा सवै नेगेटिभ रिर्पोट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!