> समाज > धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा ‘स्वर्ग बाटिका’ निर्माण


धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा ‘स्वर्ग बाटिका’ निर्माण

प्यूठान, ७ माघ । जिल्लाको धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरा सहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नं २ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक—आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्र्तगत फोहोरा सहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको हो । ईन्द्रध्वज गण खंलगा ब्यारेक र डिभिजन वन कार्यालय प्यूठानको सहकार्यमा निर्माण गरिएको बाटिकाको आज एक कार्यक्रमकाबीच उद्घाटन तथा आश्रमलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित बाटिकाको श्री नं १९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मदन कुमार के.सी.ले उद्घाटन गर्नुभएको हो ।

 

उद्घाटन तथा नवनिर्मित बाटिका स्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गर्दै बाहिनीपति के.सी.ले नागरिक सैनिक सम्बन्धलाई थप प्रभावकारी बनाउन यस पवित्र धार्मिक स्थल स्वर्गद्धारी मन्दिर परिसरमा फोहोरा सहितको बाटिक निर्माण गरिएको बताउनुभयो । बाटिक निर्माणले धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीमा आउने दर्शनार्थीहरुलाई थकान मेटाउन, बातावरण रमणीय बनाउनुका साथै मन्दिर परिसरको गरिमा बढाउन थप टेवा पु¥याउने उहाँले बताउनुभयो । नेपाली सेनाले विगत देखीनै नागरिक सैनिक सम्बन्धलाई उचाई दिन निरन्तर रुपमा गर्दै आएको यस्ता कार्यक्रमहरु भविष्यमा समेत निरन्तरता दिने उहाँको भनाई थियो । यहाँ निर्माण गरिएका पूर्वाधारको रेखदेख समेत नेपाली सेनाले गर्ने उहाँले बताउनुभयो ।

ईन्द्रध्वज गण प्यूठानको अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्र्तगत विनियोजित २५ लाख रुपियाँमा सामाग्री खरिद र नेपाली सेना मार्फत संरचना निर्माण गरिएको हो । म्युजिकल वाटर फाउण्टेन, पैदल मार्ग, मुल गेट, वरीवरी तारजाली, रेलिङ्ग लगाएतका संरचना निर्माण गरिएको ईन्द्रध्वज गण खंलगा ब्यारेक प्यूठानका गणपती प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताउनुभयो । प्यूठानका अन्य पर्यटकीय ठाउँ भन्दा स्वर्गद्वारीमा दर्शनार्थीहरुको आउ जाउ बढि हुने भएकाले यसको परिसरमा बाटिका निर्माण गरिएको उहाँले बताउनुभयो । गत ०७६ मंसीर २० गते निर्माण सुरु भएको बाटिकाको निर्माण सम्पन्न केही समय पहिले भएपनि कोरोनाका कारण केही ढिला आश्रमलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै सोही ठाउँमा डिभिजन वन कार्यालय प्युठानले आर्थिक वर्ष ०७६/०७७ मा ३५ लाख रुपियाँ लगानीमा पार्क, वाटर फाउण्टेन निर्माणमा सहयोग,टहरा, गेट ,बाटिका निर्माणका लागि सहयोग गरेकोे रेन्जर हरि पौडेलले बताउनुभयो ।

 

नवनिर्मित बाटिकाको ग्रहण गर्दै स्वर्गद्धारी आश्रमका डा. रुद्रनन्द बह्माचारीले संरचना निर्माणले स्वर्गद्वारी आउने भक्तजनलाई फाईदा पुग्ने बताउनुभयो । मन्दिर सानो ठाउँमा र घुम्ने ठाउँ धेरै नभएको अवस्थामा यो संरचनाले भक्तजनलाई शान्त, आनन्दको अनुभूति लिन सक्ने वातावरण सिर्जना भएको बताउनुभयो । बाटिका निर्माण गरी आश्रमलाई बुझाउनुभएकोमा उहाँले धन्यवाद समेत दिनुभयो । यहाँ आएका भक्तजनलाई समय बिताउने ठाउँ थिएन, उहाँले भन्नुभयो,-‘बाटिका निर्माण आउने भक्तजनलाई फाईदा पु¥याउने विश्वास लिएको छु ।’ आश्रम परिसरमा बाटिका सुहाउँदो समेत रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *