> सम-सामायिक > कोभिड–१९ : खलंगामा घरदैलो सचेतना तथा माक्स वितरण (१२ तस्विरहरु सहित)


कोभिड–१९ : खलंगामा घरदैलो सचेतना तथा माक्स वितरण (१२ तस्विरहरु सहित)

प्यूठान, ९ चैत्र ।
नोभेल कोरोना भाईरसको संक्रमणबाट बच्न प्यूठानको खलंगामा घरदैलो सचेतना तथा माक्स वितरण गरिएको छ । मल्लरानी गाउँपालिका, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र हाम्रो राम्रो ग्रुपले संयुक्त रुपमा आईतबार विहान यस्तो कार्यक्रम गरेका हुन् ।
विश्वव्यापी फैलिरहेको संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊ भन्ने नारा सहित घरदैलो सचेतना गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।
माक्सले मात्र संक्रमण रोक्ने नभएकाले कपडाको माक्सलाई दैनिक सफा गरि प्रयोग गर्न प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका प्रमुख डा.शान्तबहादुर रोकामगरले अनुरोध गर्नुभयो । व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन सुझाव दिँदै उहाँले नेपाल बाहिरबाट आउने आगन्तुकहरुलाई १४ दिन घरमै सुरक्षित बस्नुपर्ने बताउनुभयो ।
जोखिमको यस अवस्थामा नीजि क्षेत्रको समेत सहकार्य बढाउनका लागि माक्स वितरण गरिएको हाम्रो राम्रो ग्रुपका सन्देश आचार्यले बताउनुभयो । ग्रुपले खलंगामा फर्निचर तथा फर्निसिङ्ग, फेन्सी, हार्डवयर लगायतका व्यवसायिक सेवा प्रदान गर्दै आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *