समाज

फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठानको अध्यक्षमा टुकलाल न्यौपाने

प्यूठान । फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठानको अध्यक्षमा टुकलाल न्यौपाने चयन हुनुभएको छ । शनिबार जुम्रीमा सम्पन्न तेश्रो अधिबेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा बसन्त न्यौपाने, उपाध्यक्ष तरुण बिष्ट, महासचिव मधुसुदन थापा क्षेत्री, सचिव अनिल कुमार गुवाजु रहनुभएको छ ।

त्यस्तै सहसचिव बासुदेव रेग्मी, कोषाध्यक्ष टंकप्रसाद शर्मा पण्डित, सह कोषाध्यक्ष तुलसा बस्नेत लगायत सदस्यहरु निर्वाचित भएका हुन ।

Related Articles

Back to top button