> समाज > टि–एसएलसी सरहका स्वास्थ्य तर्फका कार्यक्रम संचालन गर्न माग


टि–एसएलसी सरहका स्वास्थ्य तर्फका कार्यक्रम संचालन गर्न माग

प्यूठान, १८ भाद्र । टि–एसएलसी सरहका स्वास्थ्य तर्फका कार्यक्रमहरुमा पठनपाठन सुचारु गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी माफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । सरकारले स्वास्थ्य तर्फका सिएमए, ल्याव असिष्टेन्ट, अनमि, आयुर्वेद सहायक यस वर्षदेखि हटाउने निर्णय गरेकोले निर्णय पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

प्यूठानमा सिएमए र ल्याव असिष्टेटन्ट कक्षा संचालन गर्दै आएको फोर्टिनाईन मल्टिटेक्निकल इनिष्टिच्युट विजुवारले आज विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गत साउन ३० गते डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरेको थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नियमावली २०५१ को मर्म र व्यवस्था विपरित निर्णय भएकोले ज्ञापन पत्र बुझाउनु परेको इनिष्टिच्युटका अध्यक्ष खिमप्रसाद पार्देले जानकारी दिनुभयो ।

मुलुकको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण जनशक्तिको अभाव हुन नदिन समेत कक्षा संचालन गर्नेपर्ने उहाँको भनाई थियो । सिटिईभिटि मार्फत सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुलाई स्तरोन्नतीका लागि समय दिईनुपर्नेमा उल्टै कक्षा संचालनमा रोक लगाउनु गलत भएको उहाँको भनाई थियो । इनिष्टिच्युटले सिएमए र ल्याव असिष्टेन्ट कक्षा संचालन गर्दै आएको छ ।

ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय पठाउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *