> समाज > क्वारेन्टाइनमा बसेका प्यूठानका एक युवाको मृत्यु


क्वारेन्टाइनमा बसेका प्यूठानका एक युवाको मृत्यु

प्यूठान, ३१ जेठ । दाङको वंगलाचुली गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका प्यूठानका १७ वर्षिय एक युवकको मृत्यु भएको छ ।

प्यूठानको माण्डबी गाउँपालिका ४ का १७ वर्षिय युवकको आज विहान ९ बजे मृत्यु भएको हो । हिजो शुक्रवार साझ स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बुटवल लैजादै गर्दा बाटो मै मृत्यु भएको वंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलिले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक युवकको ११ दिन अघि नै स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएता पनि अझैसम्म रिर्पोट आइसकेको छैन ।

उहाँ भारतबाट जेठ ११ गते आइ वंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!