प्यूठान, १७ जेठ । जिल्लाका क्वारेन्टाइनमा रहेका ७ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको छ ।
शनिवार जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि परिक्षणको क्रममा ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार प्यूठान नगरपालिकाका २ जना, मल्लरानी गाउँपालिकामा ३ जना र ऐरावति गाँउपालिकामा २ जनामा आरडिटि पोजेटिभ देखिएको हो ।
उनिँहरुको सहित १४२ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको छ ।
