> राष्ट्रिय > अखिल प्यूठानको अध्यक्षमा टेकराज के.सी., ३७ सदस्यीय नयाँ कमिटी चयन


अखिल प्यूठानको अध्यक्षमा टेकराज के.सी., ३७ सदस्यीय नयाँ कमिटी चयन

प्यूठान । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा टेकराज के.सी. निर्वाचित हुनुभएको छ । शनिवार विजुवारमा सम्पन्न १५ औं जिल्ला अधिवेशनले के.सी.को अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा विकास के.सी. र सुवास सुनार, सचिव प्रेम पुनमगर, सहसचिव सलविया आचार्य र माधव पौडेल र कोषाध्यक्षमा लोकेन्द्र सुनार निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दिलबहादुर दसौदीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन केन्द्रीय कमिटी अध्यक्ष समिक वडालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *