> राष्ट्रिय > प्युठान अस्पतालको सेवा कसरी प्रभाबकारी बनाउने ?


प्युठान अस्पतालको सेवा कसरी प्रभाबकारी बनाउने ?

सृजना सेन

प्युठान । प्युठान अस्पतालको सेवालाई कसरी प्रभाबकारी बनाउन सकिन्छ ? भनेर सरोकारवालाले उपाए सुझाएका छन । जिल्लाका बिभिन्न सरोकारवालाले अस्पतालको सेवालाई सहज सरल र प्रभाबकारी बनाउन आवस्यक रहेकोमा जोड दिदै त्यसतर्फ अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

 

प्युठान अस्पताल बिकास समितीको आयोजनामा शुक्रबार भएको ‘प्युठान अस्पतालको भौतिक, सामाजिक, आर्थिक अवस्था, सेवा प्रवाहको जानकारी, अस्पतालमा रहेका समस्या र समाधानका लागी हाम्रो योगदान’ बिषयक अन्तर्क्रिया कार्यक्रममा लुम्बिनि प्रदेश सदस्य तुल्शिराम शर्माले अस्पतालको बिकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पताललाई राम्रो र गुणस्तरीय बनाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रममा प्रदेश सभा सदस्य नीमा गिरीले अस्पतालका कर्मचारीले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । अस्पताल प्रशासन एकताबद्ध भएर सेवा दिनुपर्ने उहाँको भनाई छ ।

 

कार्यक्रममा अस्पतालको आगामी दिनको कार्यदिशाको बारेमा अध्यक्ष बिजय बिराज बिष्टले प्रस्तुतिकरण गर्नुभएको थियो।
छलफलमा भाग लिदै बिभिन्न सरोकारवाला निकायहरुले प्युठान अस्पतालमा ब्याप्त रहेका समस्याहरु र निराकरणका उपायहरुको बारेमा सुझाव दिएका छन । अस्पतालको सेवालाई प्रभावकारी बनाऊन तथा जनशक्ती व्यवस्थापनका लागी सम्पुर्ण स्थानिय तहहरुले अस्पताल लाई सहयोग गर्नुपर्ने बक्ताहरुको भनाई थियो ।

कार्यक्रममा जिल्लाअ समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बिषयगत कार्यालय प्रमुख तथा प्रतिनिधि, जिल्लामा सक्रिय रहेका पार्टीका प्रमुख तथा प्रतिनिधी, स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी तथा सेवाग्राहीको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *