> राष्ट्रिय > सर्पले डसेर एक पुरुषको मृत्यु


सर्पले डसेर एक पुरुषको मृत्यु

प्यूठान, १४ भाद्र । सर्पले डसेर एक जनाको ज्यान गएको छ ।

सितगंगा नगरपालिका वडा नम्वर ५ जुकेना अर्घाखाँचीका ३५ वर्षीय यम बहादुर बेल्वासेको सर्पले डसेर ज्यान गएको हो ।

वडा अध्यक्ष कमल पौडेलका अनुसार बेल्वासेलाई राती सर्पले डसेपनि विहान मात्र उपचारको लागि गोरुसिंगे शर्प दंश केन्द्रमा लगिएको थियो ।

त्यहा उपचार हुन नसकी थप उपचारको लागि बुटवल लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *