> राष्ट्रिय > चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल


चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल

प्यूठान, १४ भाद्र । २ जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ ।

अनिश्चितकालका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका २ जना चिकित्सक, ३ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गर्ने निर्णय भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पताल सिल गरिएसँगै कन्ट्याक्ट ट्रेसिङको काम समेत अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *