राष्ट्रियसमाज

ओरालोमा अनियन्त्रित हुँदा जीप पल्टियो

प्युठान । सोमबार बिहान सदरमुकाम खलंगा आउदै गरेको जिप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको पाईएको छ ।

मल्लरानी गाउँपालिका वडा नम्बर ३ बुकेनिमा भएको जिप दुर्घटनामा ३५ बर्षिय चालक गोरख बहादुर पुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

रा १ ज १९९२ नम्बरको जीप भीरबाट करिब १ किलोमीटर तल खसेको छ ।

दुर्घटनामा प्युठान नगरपालिका–४ खड्गडेरा बस्ने सहचालक दिनेश नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

 

 

Related Articles

Back to top button