> समाज > प्यूठान अस्पतालमा दन्त सेवा पुनः सुचारु


प्यूठान अस्पतालमा दन्त सेवा पुनः सुचारु

प्यूठान, ७ भाद्र । प्यूठान अस्पतालमा कर्मचारी समायोजनका कारण रोकिएको दन्त सेवा सुचारु भएको छ । गत असोजदेखि बन्द रहेको सेवा पुनः शुरु भएको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत पन्थीले जानकारी दिनुभयो ।

प्रदेश सरकार मार्फत छात्रवृत्ति करारमा डेन्टल सर्जन डा. सुवास भुसाल आएपछि सेवा सुचारु भएको उहाँले जानकारी दिनुभयो । दन्त सेवाका लागि अस्पतालले सर्जन सहित एक जना अहेबको समेत व्यवस्था गरेको छ । दात निकाल्ने, दातमा सिमेन्ट भर्ने, दातमा घाउ आएको उपचार लगायत दात सम्बन्धी उपचार हुने उहाँले बताउनुभयो ।

डेन्टल सर्जन डा.सुवास भुसालले व्यवस्थापनको काम सकेपछि आजदेखि सेवा सुरु गेको जानकारी दिनुभयो । न्युनतम शुल्कमा सेवा प्रवाह गरिने उहाँले जानकारी दिनुभयो ।

पहिलो दिन दिउसो दुई बजेसम्म चार जनाले दन्त सेवा लिईसकेका छन । लामो समय रोकिएकोसेवा पुनः सुचारु भएको खबर जनस्तर सम्म पुग्नुका साथै कोरोना संक्रमणको दर कम भएमा बिरामीहरु बढ्ने डेन्टर सर्जन भुसालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *