> आर्थिक/बिकास > स्वर्गद्वारीलाई चौतारीको सहयोग


स्वर्गद्वारीलाई चौतारीको सहयोग

प्युठान, २८ चैत । चाैतारी लघु बित्त बित्तीय सहकारी संस्थाले स्वर्गद्वारी नगरपालिकालाई नगद सहयोग गरेको छ ।


शाखा कार्यालय लामाचाैर प्यूठानले नगरपालिकाकाे बिपद ब्यबस्थापन काेषमा दश हजार रूपिया सहयाेग गरेकाे हो । शाखा प्रमुख लेखनाथ आचार्यले नगर प्रमुख नेत्र बहादुर राेका क्षेत्रिलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख गाेमा रेग्मी र वडा नम्बर ९ का वडा अध्यक्ष नर बहादुर बुढामगरकाे समेत उपस्थित रहेकाे थियाे ।
सहयोग रकमले कोरोनाबाट प्रभावित बिपन्न परिवारलाई राहत मिल्ने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *