> खेलकुद > च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज, पिएसजी र वार्यन म्युनिख खेल्दै


च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज, पिएसजी र वार्यन म्युनिख खेल्दै

प्यूठान, ०६ भाद्र । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राती पौने १ बजे पोर्चुगलको लिस्वनमा हुँदैछ ।

लिगको फाइनल खेल जर्मन क्लब बायर्न म्युनिख र फ्रान्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजी खेल्दैछन् ।

पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक ऐतिहासीक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई समान ३–० गोल अन्तरले हराएका थिए ।

लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *