प्यूठान । आ.व. २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्यूठानका पालिका स्वास्थ्य शाखा र जिल्लाका स्वास्थ्य संस्थालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । स्वास्थ्य शाखा तर्फ ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका र मल्लरानी गाउँपालिका क्रमश प्रथम, दोश्रो र तेश्रो स्थानमा उत्कृष्ट भएका छन । ऐरावती गाउँपालिकाले ७७.६३, गौमुखी गाउँपालिकाले ७७.०८, मल्लरानी गाउँपालिकाले ७६.७२ अंक लिएर उत्कृष्ट भएका हुन ।
त्यस्तै स्वास्थ्य संस्था तर्फ ८०.६७ अंक लिएर दाङबाङ स्वास्थ्य चौकी पहिलो भएको छ । ७६.२६ अंक लिएर हंसपुर र ७५.४८ अंकका साथ मरन्ठाना स्वास्थ्य चौकी क्रमश दोस्रो र तेस्रो भएका छ्न ।
उत्कृष्ट स्वास्थ्य शाखा र संस्थालाई जिल्ला समन्वय समितिमा प्रमुख धरम जिसिले सम्मान गर्नुभयो । सबैले कार्यसम्पादन राम्रो गरेपनि थोरै अंकको फरक परेको भन्दै उहाँले गरेको कामलाई तथ्यांकमा ब्यबस्थित गर्न अनुरोध गर्नुभयो ।
प्रदेश स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डमा रहेर गरिएको मुल्यांकनका आधारमा उत्कृष्ट पालिका र स्वास्थ्य संस्था छ्नौट गरिएको स्वास्थ्य कार्यालय प्रमुख मधुसुदन खड्काले बताउनुभयो ।
