> समाज > प्यूठानमा थप २० जनामा कोरोना संक्रमण


प्यूठानमा थप २० जनामा कोरोना संक्रमण

प्यूठान, २ असार । प्यूठानमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा मंगलवार  गरिएको परिक्षणमा प्यूठानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार प्यूठानबाट पठाइएका स्वाव परिक्षणका क्रममा १९ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये नौवहिनि गाउँपालिकाका १४ जना, प्यूठान नगरपालिकाका २ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना र गौमुखीका २ जना रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *