> राष्ट्रिय > उपप्रमुख थापाबाट शुरु भयो राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन


उपप्रमुख थापाबाट शुरु भयो राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन

प्यूठान, १६ साउन । जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापाको विवरण संकलन गरी राष्ट्रिय परियच पत्रको तथ्यांकन संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा तथ्यांक संकलन कार्यकक्ष बनाई शुक्रबारबाट कार्य प्रारम्भ भएको हो ।

प्रशासन कार्यालयमै तथ्यांक संकलन युनिट स्थापना गरी राष्ट्रिय परिचय पत्र बनाउन तथ्यांक संकलनको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

‘आवश्यक प्राविधिक सामाग्री सहित कार्यकक्ष स्थापना गरेका छौं ।’ प्रजिअ पन्थले भन्नुभयो,–‘जनशक्ति व्यवस्थापन गरी नियमित रुपमा तथ्यांकन संकलनलाई तिव्रता दिनेछौं ।’ क्रमशः वडा–वडाबाट तथ्याकं संकलन हुने उहाँले जानकारी दिनुभयो ।

आजै दोश्रो सेवाग्राहीका रुपमा मल्लरानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको पनि तथ्यांक संकलन गरिएको छ ।

जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणाली मार्फत एउटै परिचयपत्रबाट पाप्त हुने प्रावधान सहितको प्रणाली विकास गर्न नेपाल सरकारले राष्ट्रिय परियच पत्र बनाउने अभियान थालेको हो । २०७५ सालमा गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय तथा पञ्जिकरण विभाग स्थापना गरी यो कार्य प्रारम्भ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *