आर्थिक/बिकास

प्यूठानमा धान जोन क्षेत्रमा ४० वटा सिंचाई कुलो निर्माण

प्यूठान, १४ साउन । धान जोन कार्यक्रम लागु भएका जिल्लाका विभिन्न ठाउँमा ४० वटा सिंचाई कुलो निर्माण भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) प्यूठानले धानको उत्पादन बढाउन कच्ची कुलो भएका ठाउँमा पक्की सिंचाई कुलो निर्माण गरेको हो ।

परियोजनाले अघिल्लो आर्थिक वर्षमा साना सिंचाई निर्माण तथा मर्मत सम्भार कार्यक्रम अन्र्तगत ४० वटा नयाँ पक्की कुलो निर्माण गरेको निमित्त कार्यालय प्रमुख सुमन खनालले जानकारी दिनुभयो । ‘एक सय देखि दुई सय मिटरसम्मका ४० वटा नयाँ पक्की कुलो निर्माण गरिएको छ,’ निमित्त प्रमुख खनालले भन्नुभयो, धान जोन परियोजना लागु भएका क्षेत्रमा मागका आधारमा योजना छनौट गरि कार्यान्वयन गरिएको हो ।’ जसबाट २ हजार ६३१ रोपनी क्षेत्रफल खेत सिंचित भएको छ । त्यसबाट २ हजार ७६१ घरधुरी लाभान्वित भएका छन् ।

मल्लरानी गाउँपालिका–३ सालठाटीमा यो वर्ष जोन मार्फत सिंचाई कुलो निर्माण भएपछि धान उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । पचासे सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद जैसीले कुलो निर्माण भएपछि धानमा सिंचाई गर्न सहज भएको बताउनुभयो ।

‘कच्ची कुलो ठाउँठाउँमा विग्रिदा वर्षेनी सिंचाईको समस्या भइरहन्थ्यो,’ उहाँले भन्नुभयो, ‘पक्की कुलो बनेपछि अव नियमित सिंचाई सुविधा हुने भयो ।’ १६८ मिटर लामो कुलो निर्माण गर्न एक लाख ५० हजार रुपियाँमा योजना निर्माणको सम्झौता भएअनुसार काम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । ‘हामी उपभोक्ताले पनि श्रमदान ग¥यौं,’ उहाँले भन्नुभयो, ‘कुलो बनाएपछि धेरै खुशी भएका छौं ।’

आर्थिक वर्ष २०÷०७७ मा सिंचाई कुलो निर्माणमा करीव ५६ लाख रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ । परियोजना प्यूठान नगरपालिका, मल्लरानी, ऐरावती, झिमरुक र माण्डवी गाउँपालिकामा लागु भएको निमित्त प्रमुख खनालले जानकारी दिनुभयो । नयाँ निर्माण भएको पक्की कुलोबाट धान उत्पादनमा वृद्धि हुने जोनले अपेक्षा गरेको छ ।

Related Articles

Back to top button