> समाज > माण्डवी गाउँपालिकाको कर्मचारीमा भेटियो कोरोना : गाउँपालिकाको कार्यालय अनिश्चितकालका लागि शिल


माण्डवी गाउँपालिकाको कर्मचारीमा भेटियो कोरोना : गाउँपालिकाको कार्यालय अनिश्चितकालका लागि शिल

प्यूठान, २७ साउन । प्यूठानको माण्डवी गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीलाई कोरोना देखिएपछि आजदेखि गाउँपालिकाको कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिनुभयो ।

“सवैजना कर्मचारी अफिसमा थियौ आज रिर्पोट पोजेटिभ आएको थाहा भयो” उहाँले भन्नुभयो, “कर्मचारीको स्वाव संकलनको काम गर्दैछौं ।” स्वावको नतिजाको आधारमा आगामी दिनमा कार्यालय खोलिने उहाँले जानकारी दिनुभयो ।

माण्डवीमा हालसम्म ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *