महेश थापा
प्यूठान, ११साउन । नौबहिनी गाउँपालिकाले कृषि सहकारी समुहलाई कृषि औजार बितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्र्तगत गाउँपालिकाको ६ ओटा कृषि सहकारी समुहलाई उक्त सामाग्री बितरण गरेको हो ।
प्रगतिशिल साना किसान कृषि सहकारी समुह खवाङ, तिनचुले कृषि सहकारी समुह लिघा, सिद्धबाबा कृषि सहकारी समुह डामृ, हिट कृषि सहकारी समुह लुपलुङ, माक्रे कृषि सहकारी समुह र नौ बहिनी कृषि सहकारी समुह बाहाने लाई एक÷एक ओटा हाते टयाक्टर बितरण गरिएको नौबहिनी गाउँपालिकाले जनाएको छ ।
त्यस्तै पालिकाको सात वटा समुहलाई २०९ वटा मकै फोक्ने मेसिन प्रदान गरिएको छ । ति कृषि सामाग्री संरक्षण गर्दै सदुपयोग आग्रह गर्नु भएको छ । साथै यि मेसिनको प्रदान पछि समुदाय आधृनिक कृषि प्रणाली तर्फ लाग्ने समेत उहाँको भनाई छ ।
७५ प्रतिशत प्रदेश सरकार र २५ प्रतिशत किसानको लगानीमा सामाग्री खरिद गरिएको गाउँपालिकाको कृषि बिकास साखा प्रमुख सन्तोष बिकले जानकारी दिनुभएको छ ।
