प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिकामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।
बुधवार साँझ परेको चट्याङबाट मल्लरानी गाउँपालिका–२, सिउते निवासी ७१ वर्षीया रेमकला घर्ती मगर र उहाँकी ३२ वर्षीया बुहारी धनमाया घर्ती मगर घाइते हुनुभएको हो ।
चट्याङ लागेर घाइते दुवै जनाको धरमपानी स्वास्थ्य चौकी चुँजाठाँटीमा उपचार भइरहेको छ।





